काठमाडौं । नेकपा एमाले वाग्मती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले तर्क गर्न नसक्नेहरूले सामाजिक सञ्जालमा गालीगलौज गर्ने गरेको बताउनुभएको छ।
उहाँले वंशवादी सोच बोकेका जमातले प्रतिस्पर्धात्मक लोकतन्त्रमा विश्वास राख्ने कार्यकर्तालाई ‘झोले’ भनेर खिसीटिउरी गर्ने गरेको उल्लेख गर्दै, “सामन्तको झोला बोक्न हुँदैन, विचारको झोला बोक्न के को संकोच ?” भन्ने प्रश्न गर्नुभएको छ।
ढुङ्गेलले राजनीतिक विचार र अभिव्यक्तिको स्वतन्त्रता दबाउन खोज्ने दूषित मानसिकता बढ्न नदिन सबैलाई सचेत रहन आग्रह गर्नुभएको छ।
