नापी कार्यालय भक्तपुर बन्यो नेपालको उत्कृष्ट

भक्तपुर । नापी कार्यालय भक्तपुर देशको उत्कृष्ट बनेको छ । कार्यालयमा अहिले हरियाली देख्न पाइन्छ । सेवाग्राही आउँदा स्वच्छ हावाको महशुस गर्न सक्छन् । नापी कार्यालयका प्रमुख डा. प्रदीप सापकोटा उपाध्याय अहिले चर्चामा छन् । चर्चा हुनुको मुख्य कारण देशमा धेरै कर्मचारीहरु आफ्नो घर सुन्दर बनाउँछ, तर कार्यालयलाई वेवास्ता गर्छन् डा. प्रदीप भने थोरी त्यस्ता कर्मचारीमा पर्छन् जसले कार्यालय सुन्दर बनाएका छन् ।

कार्यालयको सरसफाईदेखि सेवाग्राहीलाई राम्रोसँग बस्ने व्यवस्थापन समेत गरेका छन् । काम छिटोभन्दा छिटो हुने प्रणालीलाई चुस्त दुरुत बनाएका छन् । नापी कार्यालय आउने एक सेवाग्राहीका अनुसार नापी कार्यालय भक्तपुरका प्रमुख डा. प्रदीप इमान्दार भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *