राष्ट्रपतिद्वारा मध्यपुरथिमिका सुचना अधिकारी सिलवाल सम्मानित

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले सुचनाको हक प्रभावकारी कार्यान्वयन गरेको भन्दै मध्यपुरथिमि नगरपालिका भक्तपुरका सुचना अधिकारी केशव सिलवाल लाई सम्मान गरेको छन् ।राष्ट्रपति कार्यालय शितल निवासमा आयोजना गरिएको एक कार्यक्रममा नेपालको ईमान्दार सुचना अधिकारी केशव सिलवाल लाई नगद रू ३०,००० (तीस हजार) रूपैयाँ सहित सम्मान पत्र प्रदान गरिएको हो।

आयोगले सुचनाको हकलाई सर्वसाधारण सम्म पुर्‍याउने कार्यमा उल्लेखनीय योगदान दिएको आधारमा केशव सिलवाल लाई नेपालको उत्कृष्ट सुचना अधिकारीको रूपमा चयन गरिएको जनाएको छ। मेयर सुरेन्द्र श्रेष्ठले नगरपालिकाको ईज्जत् राखेकाले सुचना अधिकारी सिलवाललाई बधाई सहित धन्यवाद दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *