नेपाल छिट्टै हिन्दुराज्य हुन्छः राणा

सुरेन्द्र बहादुर सिलवाल

काठमाडौं । नेपाल छिट्टै सनातन हिन्दुराज्य घोषणा हुनेमा राप्रपा वरिष्ठ नेता पशुपतिशमशेर राणाको धारणा छ।पशुपतिशमशेर राणा पुर्वमन्त्री, पुर्व राप्रपा अध्यक्ष ,पुर्व सभामुख हाल उनी राप्रपा वरिष्ठ नेता एवम् माननीय सदस्य प्रतिनिधि सभाका छन् ।

नेपाल पशुपतिनाथ, मुक्तिनाथ, जानकी मन्दिर, देवघाट र गौतम बुद्धको जन्मभूमि मात्र नभई आध्यात्मिक चेतनाको गहिरो स्रोत भएको राणाले बताए । सनातन संस्कृतिको वैज्ञानिक र आध्यात्मिक मुल्यबारे हिन्दु धर्ममा जुन गहिरो वैज्ञानिकता छ, आज विश्वका मानिसहरू ज्ञान र शान्तिको खोजमा नेपाल र भारत आउने क्रम बढिरहेको राणाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *