समाजसेवामा सधैं अग्रसर मनोहर सिलवाल

सुरेन्द्र बहादुर सिलवाल

ललितपुर । ललितपुर जिल्लामा लोकप्रिय नाम हो मनोहर सिलवाल । उनी समाजसेवामा सधैं अग्रसर हुन्छन् ।यसले पनि उनको परिचयलाई वजनदार बनाएको छ। सिलवाल दिन दुखीलाई सहयोग गर्न अग्रसर हुन्छन् ।उनी भन्छन्– दिन पुगोस सेवा गर्ने अवसर मिलोस्।

सिलवालले समाजमा आफ्नो ठाउँबाट योगदान गर्न सकिने उदाहरण प्रस्तुत गरेका छन् । उनी निस्वार्थ समाजसेवामा अग्रसर हुन्छन् । धन नभई हुँदैन, भएपनि मन नभए व्यर्थ हुन्छ, मनोहरको धन पनि छ, यसकारण उनी धनको सदुपयोग गर्दै समाजसेवामा सक्रिय बनेर जीवनको आनन्द लिईरहेका छन् ।

धनलाई आर्थिक कमजोर भएको ब्यक्तिहरूलाई उद्दार गर्न लागि परेका कारण उनलाई पुर्व अर्थराज्यमन्त्री एवम् नेपाली काङ्ग्रेसको लोकप्रिय नेता उदय शमशेर राणाले सम्मान समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *