वकिलले कुटे पत्रकार

जनकपुरधाम । नेपाल पत्रकार महासंघ, मधेस प्रदेशले गुठी संस्थानबाट लिजमा लिएको जग्गामा तारबार लगाउन थालेपछि वकिलहरुले पत्रकारहरुमाथि कुटपिट गरेका छन्।

महासंघले जनकपुरधाम उपमहानगरपालिका–४ स्थित चार कट्ठा जग्गा गुठी संस्थानबाट २० वर्षको लागि लिजमा लिएको थियो। उक्त जग्गामा तारबार लगाउन थालेपछि मंगलबार बिहान महासंघका प्रदेश अध्यक्ष श्यामप्रसाद बनजारालगायतका पत्रकार कुटिएका हुन्।

बार एशोसिएसन नेपाल, जनकपुरधामले महासंघ र गुठी संस्थानबीच सम्झौता भएपछि उक्त जग्गालाई पार्किङस्थलको रुपमा प्रयोग गर्न थालेपछि मंगलबार महासंघले पत्रकार सम्मेलन सकाएर उक्त जग्गामा तारबार लगाउन थालेपछि बारबाट आएका वकिलहरुले पत्रकारसँग हातपात गर्दै कुटपिट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *