मालपोत कार्यालय भक्तपुर बनाए कार्कीले आकर्षक

भक्तपुर । मालपोत कार्यालय भक्तपुर अहिले निकै सुन्दर देखिन्छ । मालपोत कार्यालयका मेहनती कर्मचारी डम्बरबहादुर कार्की अहिले चर्चामा छन् । चर्चा हुनुको मुख्य कारण देशमा धेरै कर्मचारीहरु आफ्नो घर सुन्दर बनाउँछ, तर कार्यालयलाई बेवास्ता गर्छन्, कार्की भने थोरै त्यस्ता कर्मचारीमा पर्छन् जसले कार्यालय सुन्दर बनाएका छन् ।

कार्यालयको सरसफाईदेखि सेवाग्राहीलाई राम्रोसँग बस्ने व्यवस्थापन समेत गरेका छन् । काम छिटोभन्दा छिटो हुने प्रणालीलाई चुस्त दुरुस्त बनाएका छन् । मालपोत कार्यालय आउने एक सेवाग्राहीका अनुसार मालपोत कार्यालय भक्तपुरका कर्मचारी डम्बर बहादुर कार्की इमान्दार भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *