पर्सागढी नगरपालिका

गोकर्ण पाठक, नगरप्रमुख
शिक्षा
हामी निर्वाचन भए पश्चात पर्सागढी नगरपालिकामा रहेका सामुदायिक विद्यालयहरुको अध्ययन गर्दा धेरै विद्यालयहरुमा व्यवस्थापन समिति नरहेको अवस्था थियो । तत्कालीन व्यवस्थापन समिती गठन गरि खाली रहेका शिक्षक दरवन्दी हरुमा करार सेवा नियूक्ती गर्न सम्बन्धीत विद्यालयहरुमा पत्राचार गरेका छौँ । कक्षा ६ देखी ८ कक्षा सम्म अंग्रेजी गणित, विज्ञान विषयमा जुन अनुदानको रुपमा आउने पैसालाई सदुपयोग गर्न स्वयमसेवक शिक्षक व्यवस्थापन प्रक्रिया अगाढी बढाउन नितीगत रुपमा व्यवस्थापन गर्ने प्रक्रिया अन्तीम चरणमा पुगेको छ । पूर्वाधार विकासका कामहरु केहि निर्माणाधिन अवस्थामा छन भने केही सम्पन्न भएका छन ।
स्वास्थ्य
यस पर्सागढी नगरपालिकामा ५ ओटा स्वास्थ्य संस्था र ४ ओटा आधारभूत स्वास्थ्य चौकी रहेका छन् । यि सबै स्वास्थ्य चौकीहरुमा खाली दरबन्दीहरु पदपुर्ती गर्ने वागेश्वरी स्वास्थ्य केन्द्रमा स्वास्थ्य प्रयोगशालाको विकास गर्ने ःद्यद्यक् डाक्टरको पदपुर्ती गर्ने र आगामी दिनमा राम्रो स्वास्थ्य सेवा उपलब्ध गर्न हामी पूर्ण रुपमा लागी परेका छाँै ।
बेरोजगारलाई स्वरोजगार
बेरोजगारको हकमा हाम्रो सामुहिक परियोजनाको कार्यक्रमहरु सञ्चालनमा छन । नगरपालिका बाटै बजेट विनियोजन गरि युवा शक्ती हरुलाई विभिन्न तालिम प्लम्बिङ, डर्कमी, कम्प्युटर मर्मत लगायतका सिपमुलक तालिम हरु अगाढी बडाएका छौँ । अन्य क्षेत्रमा पनि अनुदान किसान हरुलाई पशुपालन व्यवसायमा प्रोत्साहित गर्न दुधमा अनुदान दिने कृषि क्षेत्रमा स्प्रे टङकी विउविजनमा अनुदान र विभिन्न किसिमका खेती हरुको लागी तालिम गोष्टी जस्ता कार्यक्रम हरु हामीले संचालन गरेका छौँ ।


विद्युत
पर्सागढी नगरपालिकाको ९ ओटा वडा रहेका छन् । ति सबै ठाउहरुमा विद्युतको व्यवस्थापन गरेका छौँ र उज्यालो नगरपालिका कार्यक्रम अन्र्तगत प्रत्येक साल बजेट विनियोजन गरि वत्ति जडान र महत्वपूर्ण ठाउँहरुमा टावर लाईटहरु जडान गरी उज्यालो नगरपालिका को रुपमा अगाडी बढाएका छौँ ।
सिँचाई
सिँचाईको हकमा भूमिगत जल सिँचाई संग कोर्डिनेट गरेर हाम्रौ स्रोत साधनलाई अधिकताम प्रयोग गरि यस कार्यलाई पूर्ण रुपमा अगाडी बढाएका छौँ र कृषि क्षेत्रलाई सबल बनाउन तालिम खाद्य, कृषि औजारहरु वितरण गरेका छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *