धनकुटा नगरपालिकाको विकाशका योजना तथा नितीहरु

चिन्तन तामाङ, नगर प्रमुख
समृद्ध नगर सुखी नगरवासीको आकाङक्षा पुरा गर्न नेपाल सरकार र प्रदेश सरकारको आर्थिक वर्ष २०७९÷०८० को वार्षिक निती तथा कार्यक्रम र बजेट तथा नेपाल सरकारको पन्ध्रौँ आवधिक योजनालाई अंगीकार गर्दै यस नगरपालिकाको निती तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्दै धनकुटा नगर स्वच्छ सुन्दर सहरको मुल आधारलाई मूर्त रुप दिन हामी सम्पूर्ण निर्वाचीत पदाकिारीहरु प्रतिवद्ध छौँ ।
विकास र शुशासन अभिवृद्धिका लागी प्रभावकारी सेवा प्रवाहको प्रत्याभूति दिनु हाम्रो दायित्व हो । कृषि शिक्षा स्वास्थ्य, विद्युत, खानेपानी तथा सरसफाई लगायतका सार्वजनिक सेवा सुविधाको सहज र सरल प्रत्याभुतिका लागी सरकारी, निजि, गैरसरकारी सामुदायिक क्षेत्रसँग साझेदारी र सहकार्य गर्ने शान्ति सुरक्षा रोजगारी अभिवृद्धि, सामाजिक सुरक्षा र मानव संशाधनको क्षमता विकासमा सहयोगी भूमिका निर्वाह गर्दै स्थानीय सरकारको संयन्त्रबाट प्रवाह हुने सेवालाई बनाउदै स्थानीय सरकारको सुशासनको संस्थागत विकासको निती अवलम्बन गरिने छ । लघु उद्यम समुहमा आवद्ध १२८ जना उद्यमीलाई सिपमुलक तालिम दिई आय आर्जनमा सहभागी गराई (१५०) जनालाई उद्यमशिलता विकास तालिम प्रदान गरिएको छ । वैदेशिक रोजगारबाट फर्किएर आएका व्यक्तिहरुलाई लक्षित गरि स्वरोजगार बनाउने उद्देश्यका साथ १७८ जनालाई कृषि पशुपालन तथा उद्योग सञ्चालन अनुदान तथा प्रविधि प्रदान गरिने ।


कृषिलाई व्यवसायीकरण गर्नका लागी नगरमा रहेका नर्सरीको सुदृढीकरण गर्नुका साथै टनेल तथा थोपा सिँचाइ जस्ता प्रविधिको विस्तारका लागी थप पहल गर्ने प्रत्येक वडामा रहेका स्वास्थ्य चौकिको सुदृढिकरण गरि आवश्यक उपकरण उपलब्ध गराईनेछ आवश्यक औषधी तथा खोपको वितरण समूचित रुपमा गराई आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच कायम गरिने नगरपालिकाबाट संचालित एम्बुलेन्स मार्फत सुत्केरी महिला अपाङग तथा जेष्ठ नागरिकहरुलाई सहज स्वास्थ्य उपचारका लागी नगर क्षेत्र भित्र एम्बुलेन्स सेवा निशुल्क गरिनेछ । विपन्न का लाई विशेष छुटको व्यव्स्था, स्वास्थ्य सेवामा गरिब सिमान्तकृत दलित महिला, बालबालिका, जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका तथा दिर्घ रोगीहरुको पहुँच बढाउन स्वास्थ्य शिविर विशेष स्वास्थ्य जाँच कार्यक्रम जस्ता लक्षित कार्यक्रम तय गरि लागु गरिने नगरमा रहेको जिल्ला अस्पताल स्तरोन्नती तथा संचालनका लागी सम्बन्धित पक्षसँग समन्वयात्मक पहल गरिने, स्वास्थ्य सेवालाई थप सबल बनाउन महिला स्वास्थ्य स्वयमसेविकाको भूमिका बढाउनुको साथै सचेतनामूलक गतिविध सञ्चालन गरिनेछ । समुदायमा आधारित आमा समूह टोल विकास संस्था, युवा क्लब जस्ता संघसंस्थाहरु संग साझेदारी र समन्वय गरि स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने महामारीबाट बच्नको लागी अपनाउनु पर्ने स्वास्थ्य सजकताको व्यवस्थापन गरि औषधि स्वास्थ्य सुरक्षा उपकरण र स्वास्थ्यकर्मिहरुको व्यवस्थापन तथा परिचालन गर्ने धनकुटा नगरपालिका वडा ६ मा रहेको आँखा अस्पतालको स्तरोन्नतीको लागी समन्वयात्मक रुपमा पहल गरिने,
शिक्षा सम्बन्धी नितीहरु
शिक्षा क्षेत्रनै देश विकासका लागी आवश्यक जनशक्ती पैदा गर्ने स्थल हो । शैक्षिक क्षेत्रको विकास बिना अन्य क्षेत्रहरु सबल र सक्षम हुन सक्दैनन तसर्थ धनकुटा नगरपालिका भित्र रहेको सबै शैक्षिक केन्द्रलाई स्तरोन्नती पूर्वाधार निर्माण तथा जनशक्ती व्यवस्थापन गरि विद्यार्थीहरुलाई व्यवहारिक नैतिकवान र जीवन उपयोगी प्रदान गर्ने खालका शिक्षा निती धनकुटा नगरपालिकामा रहेको छ । तसर्थ गुणस्तरीय शिक्षाका लागी विद्यालयहरुमा योग्य दक्ष र शिक्षण पेशामा प्रतिवद्ध शिक्षक व्यवस्थापनमा जोड दिईने छ । पाँच वर्ष मुनिका बालबालिका हरुको लागी सर्वाङिण विकासका लागी प्रारम्भिक बाल विकासमा संलग्न सहयोगी कार्यकर्ता र विद्यालयका कर्मचारीलाई प्रोत्साहित गर्ने, उच्च शिक्षा अध्ययन गर्न चाहने विपन्न वर्गको विद्यार्थीलाई छात्रवृति प्रदान गरिने, प्राविधिक क्षेत्रमा क्षमता र दक्षताका भएका विद्यार्थीहरुलाई प्रोत्साहित गर्ने कार्यक्रम संचालन गरिने, अन्तर विद्यालय अनुभव आदानप्रदान तथा सिकाई पद्धतीमा सामन्जस्यता ल्याउन समन्वयकारी भूमिका खेलिने छ । वालविकास केन्द्रका सहयोगी शिक्षक र विद्यालय कर्मचारीलाई आवश्यक तालिमको व्यवस्था गरिनेछ । विद्यालय समायोजन भई प्रयोगमा नआएका विद्यालय भवनलाई बालविकास केन्द्र सामुदायिक सिकाइ केन्द्र तथा समुदायद्वारा उपयोग तथा संरक्षण गर्ने व्यवस्था मिलाईने, आधारभूत तह कक्षा ६–८ र माध्यमिक तहका छात्रा हरुलाई सहज रुपमा सेनेटरी प्याड वितरणको व्यवस्था मिलाईने छ ।


स्वरोजगारका निती तथा कार्यक्रमहरु
स्थानीय स्रोत साधनको उपयोग गरि कृषि तथा गैर कृषि उत्पादन, प्रशोधन, रोजगारी सिर्जना र स्थानीय समृद्धिको आधारको रुपमा लघु घरेलु साना तथा मझौला उध्यमहरुलाई अभियानको रुपमा विस्तार गर्न अभिप्रेरित गरिने । स्थानीय कच्चा पदार्थमा आधारित लघु तथा घरेलु उद्यम प्रर्वद्धन गर्न सीपमुलक तालिम व्यवस्था गरि उत्पादित वस्तुको बजारीकरणको पहल गरिने बेरोजगार व्यक्ति र रोजगारदातालाई एउटै छातामूनी भेला पारी रोजगारीको सिर्जना गर्ने, बेरोजगार यूवालाई व्यवसायिक कार्ययोजनाको आधारमा स्वरोजगार बनाउने युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने, रोजगार उपलब्ध गराउने स्थानीय उद्योग लाई करमा सहूलीयत तथा अनुदानको व्यवस्था गरिने, बेरोजगार व्यक्तिको माग र क्षमताको आधारमा लामो तथा छोटा अवधिका सिपमुलक तालिमको संचालन गरि रोजगारीमा जोड्न सरोकारवाला पक्षहरु संग रोजगारीको खोजमिा रहेका व्यक्तिहरुको तथ्याङक संकलन तथा उनिहरुमा रहेको सिपको विवरण समेत अधावधिक गरि त्यस्तो जनशक्तीलाई स्थानीय तह भित्र उपलब्ध हूने निर्माण सेवा व्यवसाय, उद्योग कृषि लगायतका क्षेत्रमा रोजगारदाता सँग समन्वय गरी रोजगारी प्रदान गर्न सहजीकरण गरिने ।
कषि तर्फ
मेयर कृषि पर्यटन कार्यक्रम मार्फत एभोकाडोको विक्री विस्तार बजारीकरण प्रर्वधनका लागी पहल गरिने सरोकारवाला निकायसंग समन्वय र सहकार्य गरि नगरपालिकाले लागत साझेदारी गर्दै धान, मकै, तरकारी फलफुल र पुष्प व्यवसाय पकेट क्षेत्र घोषणा गरि कृषकको आय वृदि गरिनेछ । घरपरिवार लाई पुग्ने अर्गानीक र स्वस्थ साग सब्जी आफैले उत्पादन गरि उपभोग गर्ने आदतको विकासको लागी करेसाबारी तथा कौसी खेती कार्यक्रम लक्षित समूह मार्फत संचालन गर्ने किसानको सूचीकरण कार्यक्रमलाई निरन्तरता दिने, कृषि पशुपन्छी तथा मत्स्य तथ्याङक अधावधिक गरि प्रयोगमा ल्याईने, कृषि उपजमा किटनाशक औषधीको प्रयोगलाई निरुत्साहित गर्दै जैविक विषादी र प्राङगारिक मलको प्रयोग गरि अर्गानिक उत्पादनमा बढवा दिने, घुम्ती शिविर मार्फत माटो तथा गोवर परिक्षण कार्यक्रम संचालन गर्दै कृषि तथा पशुपंक्षी पालन क्षेत्रको उत्पादन वृद्धी गर्ने फलफुल तथा तरकारी संकलन केन्द्र, दुध संकलन तथा भण्डारणका लागी चिलिङग केन्द्र, शीत भण्डार स्थापनाको लागी सहकारी तथा कृषक समुह संग साझेदारी गरिनेछ । साना तथा निर्वाह मूखी पशुपालन गर्ने कृषकलाई दाना घाँस, गोठ खोर निर्माणमा अनुदान दिने व्यवस्था मिलाईने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *