शेख वकील, नगर प्रमुख
शिक्षा
शिक्षाको हकमा विद्यालयको लागी जग्गा खरिद गरि भौतिक पूर्वाधार निर्माणका लागी २ तले भवन दुई ठाउँमा निर्माण, उच्च भर्नादर रहेकाले ७० जना शिक्षकको व्यवस्थापन, बेटी बचाउ कार्यक्रम, अन्र्तगत नगरपालिका र प्रदेश सरकार बाट साईकल वितरण, सम्पूर्ण छात्रा विद्यार्थीहरुको लागी ड्रेस वितरण सम्पूर्ण विद्यालयहरुमा गुणस्तरीय शिक्षा प्रवाह गर्नका निमित्त दक्ष शिक्षकहरुको व्यवस्थापन, प्रत्येक विद्यालयमा विद्यालय व्यवस्थापन समिती गठन गर्ने र आवश्यक उपकरण तथा शैक्षिक सामाग्रीहरु नगरपालिकाको शिक्षा शाखाबाट उपलब्ध गराउने, भौतिक पूर्वाधार व्यवस्थापनको निमित्त जिर्ण अवस्थामा रहेका भवनहरुको पूर्णनिर्माण तथा रङरोगन गर्ने, गुणस्तरीय शिक्षाको साथै वालमैत्री वातावरणको सिर्जना गर्ने, समय समयमा विद्यालयहरुको डाटा संकलन गरि प्रत्येक विद्यालयहरुमा अनुगमन कार्यक्रम गर्ने ।
स्वास्थ्य
स्वास्थ्यमा परोहा नगरपलिकाले नगरस्तरीय अस्पतालको संचालन गरेको छ । दक्ष डाक्टर, हेल्थ असिस्टेन्ट, ल्याबको व्यवस्था गरि विरामीहरुलाई सेवा प्रवाह गरेका छौँ, प्रत्येक वडामा आधारभूत स्वास्थ्य चौकीको व्यवस्थापन गरि समय समयमा आँखा शिविर, खोप केन्द्रको स्थापना गरि औषधि उपचारको व्यवस्थापन जेष्ठ नागरिक अपाङगहरुको लागी स्वास्थ्य सेवा पहिलो प्राथमिकतामा राखेर औषधि उपचारको व्यवस्था गरेका छौँ ।
विद्युत र सिचाई
परोहा नगरपालिका भित्रका प्रत्येक ठाउँमा विजुलिको व्यवस्था गरेका छौँ । मुख्य ठाउँहरुमा बजार क्षेत्र भित्र सडक वत्तिहरुको व्यवस्थापन गरेका छाँै र कृषिको लागी प्रत्येक वडामा पोलिङ गरि विद्युतिय मोटरहरु उपलब्ध गराई सिँचाईको व्यवस्था गर्ने, ब्म्द्य को सहयोगमा किसान हरुका लागी ४८ वटा डिप टुवेल जडान गर्ने जुन टेन्डर प्रक्रियामा गएको छ ।
शुद्ध सफा खानेपानी
शुद्ध सफा खानेपानीका लागी प्रत्येक वडामा ओभहेट टङकी निर्माणका योजनाहरु अगाडी बढाएका छौँ र धेरै ठाउँमा खानेपानी योजना हरु संचालनमा रहेका छन् र नपुगेका ठाउँहरुमा बैकल्पिक रुपमा टुवेल जडान गरि खानेपानीको व्यवस्था गरेका छाँै ।
