राजमती इङनाम
अध्यक्ष
मोरङ जिल्लामा साविकका वयखन, केरौन र होक्लावारी गाउँविकासलाई समितिहरूलाई समेटेर कानेपोखरी गाउँपालिका बनाइएको हो । यस गाउँपालिकालाई ७ वडामा विभाजन गरीएको छ । यस गाउँपालिका कूल जनसंख्या ३८.०३३ रहेको छ । यसको क्षेत्रफल ८२.८३ वर्ग किलोमिटर रहेको छ । प्राकृतिक सुन्दरताले परिपूर्ण यस गाउँपालिका विभिन्न जात जातिका मानिसहरू बसोबास गर्छन । प्राकृतिक रूपमा पनि पुरातात्विक तथा प्राकृतिक सम्पदाले परिपूर्ण मनमोहित गाउँपालिका हो ।
आर्थिक विकास तर्फ
कृषिलाई जोड दिएका छौं विभिन्न किसिमका तरकारी बालीको सिजन नर्सरी स्थापना तथा बेर्ना वितरण गरेका छौं १ वडा ७ वटै वडामा आमाको सिप सन्तानलाई अर्गानिक गुन्द्रुक उत्पादन गरेका छौं । सिचाँइको लागि स्यालो टयुबेल वितरण गर्नका साथै प्राङ्गारीक मल तोरीवालीका लागि वितरण गरेका छौ कानेपोखरी ४ सुकुम्बासी वस्तिमा १४ घरहरू आवास निर्माण हुदैछन् । यसको साथ साथै विपद व्यवस्थापन केन्द्र निर्माणाधिन अवस्थामा छन् । जम्मा लागत २४ लाख १२ कठ्ठा जग्गा खरीद ४ वटा पालिकाको शववाहन, दमकल राख्ने, कानेपोखरी गा.पा., रंगेली न.पा. सुनवर्षी न.पा. धनपालथान गा.पा. इत्यादी स्वास्थ्य क्षेत्रमा नागरीक उपचार सहायता कोष अन्र्तगत अति विपन्न परिवारका कडा रोग लागेका वा अन्य रोगका बिमारीलाई नागरीक उपचार सहायता कोषबाट सहायता दिने गरेका छौं । स्वास्थ्य आमा बच्चा कार्यक्रम अन्र्तगत गर्भवति महिलालाई क्यालसियम निःशुल्क वितरण गरेका छौं । अवकास हुने स्वास्थ्य स्वयं सेविकालाई ५० हजार दरले बिदाई कार्यक्रम संचालन ।
कानेपोखरी ३ को सलवले चोकमा आधारभूत स्वास्थ्य चौकी भवन निर्माणाधिन अवस्थामा रहेको र १ नंं. ड्रेक्लावारीमा ल्याव सञ्चालन रहेको छ । डेंगु रोग नियन्त्रणका लागि औषधी खरीद गरी छिरेको र अस्पतालमा डेंगु चेक गर्ने किट खरिद गरेका छौं । प्रत्येक वडामा फोहर व्यवस्थापन साथ साथै खानेपोखरी वनक्षेत्रमा सडक वत्ती जडान गरेका छौं । भने सुकुम्बासी तथा अव्यवस्थित बसोबासिलाई जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण गरिरहेका छौं । सामुदायिक विद्यालयमा अध्ययनरत थिइन । विद्यार्थी भाइबहिनीहरूलाई न्यानो कपडा वितरण गरेका छौं ।
उत्कृष्ट विद्यार्थी शिक्षक दुबैलाई प्रोत्साहन पुरस्कार वितरण गरेका छौं गाउँका दाजुभाई दिदीबहिनीहरूलाई साबुन बनाउने तालिमबाट स्वरोजगार दिएका छौं । यसका साथै विभिन्न सिपमूलक तालिम, टपरी बनाउने, धुप बनाउने सिलाई, बुनाई, विउटीपार्लर, कम्प्यूटर तालिम उपलब्ध गराएका छौं ।
अपाङ्ग परिचय पत्र ‘ग’ वर्गको छनौट गरी मासिक एक हजार रूपैया दरले सामाजिक सुरक्षा भत्ता प्रदान गरेका छौं । मृत्यु संस्कार अन्र्तगत अति विपन्न परिवारलाई १० हजार उपलब्ध गराएका छौं । विपन्न, अपाङ्ग, आर्थिक अवस्था कमजोर भएकोलाई शिविर राखेका छौं । कानेपोखरी गाउँपालिमा २ वडामा १० घर निर्माण सम्पन्न र ३ वडामा ३० घर सम्पन्न गरेका छौं । जम्मा ५ लाख २१ हजारको दरले सुत्केरी महिलालाई ५ हजार भत्ता प्रदान गरेका छौं । विदाका दिन बाहेक दैनिक भिडियो एक्सरे सेवा उपलब्ध गराएका छौं । विद्यार्थीलाई छात्रवृद्धिको व्यवस्था साथै खेलकुद सामाग्री उपलब्ध गराएका छौं । नमुना विद्यालय अन्र्तगत जनसेवा मा.वि. मा ४ तले पक्कि भवन ४ करोड ३४ लाख ४३ हजार ६७ रूपैया भवन निर्माण सम्पन्न गरेका छौं । साथै अरू विद्यालयमा पनि तला थप गरेका छौं । साथै गौरव आयोजना अन्र्तगत शिक्षा विकास मा.वि. दलेलीमा डेक्सवेन्च सहित १ तल्ले पक्की भवन २ करोड ८० लाखमा निर्माणाधिन अवस्था रहेको छ । यसको साथ साथै भौतिक, सामाजिक आर्थिक, शिक्षा, स्वास्थ्य, सञ्चार जस्ता विभिन्न कुरालाई मध्यनजर गर्दै काम गरीराखेको छौ र अब बाँकी रहेका २,३ वर्षमा निकै विकास फडको मारेर मोरङ कानेपोखरी गाउँपालिकाको समृद्धि विकास गरेर गाउँपालिकाको मुहार फेर्ने जनतामा विवाद प्रतिवद्धता गरेका गर्दछौं ।
