काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको राजीनामा मागेको छ।
रास्वपा सांसद मनिष झाले कुलिङ पिरियडमा हेरफेरमा सभापति खतिवडाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका हुन्। छानबिन प्रतिवेदनले व्यक्तिको नाम नलेखेको भनेर उन्मुक्ति नपाइने उनले बताए।
ुपदको नाम लेखिएको छ। जिम्मवारीको नाम लेखिएको छ। नालायकीपनको नाम लेखिएको छ। हामी राजीनमा माग गर्दछौं,ु उनले भने। उनले त्यस्तै विषय आउँदा रास्वपालाई नैतिकता पाठ पढाइएको पनि स्मरण गरे।
ुयस्तै विषय आउँदा हामीलाई नैतिकताको प्रश्न सोधिन्थ्यो अब उहाँलाई नैतिक प्रश्न( यो नालायकीपनको जबाफ कसले दिनेरु यसको जिम्मेवारीपनको जबाफ कसले दिनेरु,ु सांसद झाले भने।
नेपाली कांग्रेसका सांसद जीवन परियार नेतृत्वको संसदीय छानबिन समितिले संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडको गडबडीलाई गम्भीर त्रुटिका रूपमा उल्लेख गरे पनि ‘नियतवश भएको स्पष्ट प्रमाण प्राप्त नभएको’ भनेको छ।
