चर्चामा काङ्ग्रेस नेता इन्द्र बानियाँ

सुरेन्द्र बहादुर सिलवाल

काठमाडौं । नेपाली काङ्ग्रेसको नेता इन्द्र बानियाँको चर्चा एकदमै छ अहिले । चर्चा हुनुमा नेपाली काङ्ग्रेस वाग्मती संसदीय दलको नेतामा निर्वाचित भएकोले हो। निर्वाचनमा इन्द्र बानियाँले २२ मत सहित विजयी भएका थिए। उनका प्रतिस्पर्धामा मुख्यमन्त्री बहादुर सिङ्ग लामा (तामाङ) ले १४ मतमा रोकिएका थिए भने १ मत बदर भएको थियोे ।

मुख्य मन्त्री बहादुर सिङ्ग लामाले आईतबार पदबाट राजीनामा दिएका छन् ।मुख्य मन्त्री बन्न संसदीय दलका नेता ईन्द्र बहादुर बानियाँलाई बाटो खुलेको छ।

बागमती प्रदेशमा इन्द्रबहादुर बानियाँले मुख्य मन्त्रीका रूपमा आज सपथ ग्रहण गर्नेछन् ।मुख्य मन्त्री बानियाँको नियुक्ति ३ बजे र सपथ ग्रहण ४ बजेका लागि तय गरिएको प्रदेश प्रमुख कार्यालय हेटौंडाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *