जुन कार्यलाई तपाई प्रेम गर्नुहुन्छ त्यही काम गर्नुहोस्

सुरेन्द्र बहादुर सिलवाल

आफुले मन पराएको काम गर्नु ठुलो काम हो जसले तपाईलाई सफल बनाउन सक्छ।तपाईंको जीवनको प्राथमिक जिम्मेवारी मध्ये आफुले चाहेको गर्न पाउनु नै प्रमुख हो। तपाई सित जन्मजात के प्रतिभा छ पत्ता लगाएर त्यसलाई आफ्नो ईच्छा बनाएर सधै अगाडि बढ्नुभयो भने सफलता हासिल गर्न सकिन्छ । करोडपतिहरू ती हुन ,त्यस्तो क्षेत्र भेट्टाए।

बहुसंख्यक आफै बनेका करोडपतिहरू भन्छन्, उनीहरूले जीवनमा एक दिन पनि काम गरेनन् । तपाईले पनि त्यस्तो क्षेत्र छान्नैपर्छ जहा तपाई पुर्ण रूपमा तल्लीन हुन सक्नुहोस। त्यस्तो कार्य वा प्रयासको क्षेत्र जसले तपाईं लाई मोहित पार्ने होस। जुन कार्य तपाईंको विशेष प्रतिभा र योग्यताहरूको प्राकृतिक अभिब्यक्ति होस।

जब तपाई आफुलाई मन पर्ने काम गरिरहनुहुन्छ,तपाईमा निरन्तर उत्साह वृद्धि भैरहेको हुन्छ।तपाई सित आवश्यक पर्याप्त समय रक्षमता छ भने आफ्ना लागि तपाई कुनै पेशा छान्न तपाई स्वतन्त्र हुनुहुन्छ । आफै बनेका करोडपतिहरूले यदि एक करोड जिते भने पनि उनीहरू आफुले गरिरहेको कामलाई निरन्तरता दिईरहन्छन्। बस,उनीहरू त्यस कामलाई फरक तरिकाले ,अझै राम्रोसँग ,उच्च तहमा गर्न चाहान्छन।उनीहरू आफ्नो कामलाई यति धेरै माया गर्छन् कि त्यसलाई छोड्ने कुरा कहिले पनि गर्दैनन्। यधपी वयस्क अवस्थामा महत्त्वपूर्ण जिम्मेवारी यो हो कि जब धेरै फरक पेशा तथा कार्यले घेरिएको हुन्छौं, तब आफ्ना लागि आफुले साच्चै गर्न मन पराउने काम छान्नु र आफुलाई त्यस क्षेत्रमा समर्पित गर्नु। यो काम कसैले तपाईंका लागि गरिदिन सक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *